ट्रम्पका समर्थकको जुलुस र प्रंदर्शनकारीहरुबीच झडप हुँदा एक जनालाई गोली हानेर मारियो

डिसी नेपाल
१४ भदौ २०७७ ११:५९

काठमाडौं। अमेरिकाको पोर्टल्याण्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुको जुलुस र प्रदर्शनकारीहरुबीच झडप हुँदा एक जनालाई गोली हानेर मारिएको छ । पोर्टल्याण्डमा सयौं ट्रकमा भरिएका ट्रम्पका समर्थकहरु पुगेका थिए र त्यहाँ महिनौंदेखि सरकारविरोधि प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुसँग भिडेका थिए ।

पोर्टल्याण्ड पुलिस ब्यूरोका अनुसार बेलुकी करिब ९ बजेतिर गोली हानिएको सूचना पप्त भएको थियो । घटनास्थलमा पुलिसले छातीमा गोली हानी कारिएका एक व्यक्तिको शव फेला परेको थियो । सम्भावित गोली हान्ने व्यक्तिबारे पुलिसले कुनै सूचना जारी गरेको छैन ।

गएको मे महिनामा मिनियापोलिस पुलिसको हिरासतमा जर्ज फ्लोएडको मृत्यु भएदेखि नै पोर्टल्याण्डमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । ट्रम्पका समर्थकहरु शनिबार चाँडै नै नै जम्मा भएर पोर्टल्याण्डका हाइवेमा आफ्नो जुलुसको रुट तय गरेका थिए । तर, जुलुसको क्रममा केही ट्रम्प समर्थकहरु सिधै डाउनटाउनमा गए जहाँ प्रदर्शनकारीहरुले उनीहरुलाई रोकेपछि झडप भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.