कोरोनाको पीसीआर टेस्टः ‘पोजेटिभ’ देखाउनु नपर्ने कैयौं बिरामीलाई ‘पोजेटिभ’ देखाइँदैछ

डिसी नेपाल
१४ भदौ २०७७ १५:२५

काठमाडौं। अमेरिकाका कैयौं विख्यात विशेषज्ञहरुले कोरोनाभाइरस संक्रमण भएको वा नभएको जान्नको लागि गरिने पीसीआर परीक्षणमाथि प्रश्न उठाएका छन् । ती विशेषज्ञहरुका अनुसार अहिले कोरोनाभाइरस संक्रमण परीक्षणको लागि प्रयोग गरिएको विधि र मापदण्डले ती व्यक्तिहरुलाई पनि पोजेटिभ घोषणा गर्छ जसको शरीरमा तुलनात्मक रुपमा निकै कम मात्रामा भाइरस हुन्छ । जबकि यीमध्ये अधिकांश व्यक्तिहरु संक्रामक नै नभएको हुन सक्ने ती विशेषज्ञहरुले न्यूयोर्क टाइम्ससँग बताएका छन्

विश्वभर कोरोनाभाइरस संक्रमणको जाँचको लागि सबैभन्दा बढी पोलिमराइज चेन रिएक्सन (पीसीआर) विधिको प्रयोग भइरहेको छ । यो परीक्षणपछि केवल बिरामी पोजेटिभ छ कि छैन भन्ने मात्र जानकारी दिइन्छ । तर, अन्य भाइरसको लागि गरिने पीसीआर टेस्टमा भने केही हदसम्म यो पनि बताइन्छ कि बिरामी कति अधिक संक्रामक छ । अर्थात उसको शरीरमा भाइरसको मात्र कति छ ।

खासमा पीसीआर टेस्टले भाइरसको जेनेटिक मटेरियललाई एम्प्लिफाइ गर्छ । एम्प्लिफाइ गर्ने क्रममा जति कम साइकलको आवश्यकता पर्छ बिरामीमा भाइरल लोड वा भाइरसको मात्र उत्तिकै अधिक हुन्छ । भाइरल लोड जति अधिक हुन्छ बिरामी उत्तिकै संक्रामक हुन्छ । भाइरसको परिमाण पत्ता लगाउनको लागि एम्प्लिफिकेसन साइकलको संख्यालाई साइकल थ्रेसहोल्ड पनि भनिन्छ । कोरोनाभाइरस परीक्षणको रिपोर्ट बिरामी वा डाक्टरलाई पठाउँदा रिपोर्टमा साइकल थ्रेसहोल्डको जानकारी दिइँदैन । जबकि यसबाट बिरामी कति कम संक्रामक छ वा कति बढी संक्रामक छ भन्ने थाहा पाउन सकिन्छ ।

अमेरिकाको म्यासाचुसेट्स, न्यूयोर्क र नेवाडामा अधिकारीहरुको तर्फबाट जम्मा गरिएको तथ्यांकको विश्लेषण गर्दा पोजेटिभ पाइएका ९० प्रतिशत बिरामीको शरीरमा मुस्किलले थोरै परिमाणमा मात्र भाइरस थियो । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार यदि यो फर्मुलाअनुसार देशभरको तथ्यांक हेर्ने हो भने ४५ हजार नयाँ संक्रमित बिरामीहरुमध्ये केवल ४५ सय बिरामीमा मात्र भाइरसको परिमाण अधिक थियो । अर्थात वास्तविक रुपमा यी ४५ सय जनालाई मात्रै आइसोलेट गर्नुपर्ने आवश्यकता थियो ।

विशेषज्ञहरुले टेस्टमा साइकल थ्रेसहोल्डको सीमामा परिवर्तन गर्नु एक समाधान हुन सक्ने बताए । अहिले कोरोना टेस्टमा थ्रेसहोल्ड ४० वा ३७ राखिन्छ । क्यालिफोर्निया युनिभर्सिटीका भाइरोलोजिस्ट जुलियट मरिसन भन्छिन् ‘३५ भन्दा माथिको कुनै पनि थ्रेसहोल्ड निकै संवेदनशील हुन्छ । आश्चर्य लागिरहेको छ कि कुनै पनि व्यक्तिले ४० थ्रेसहोल्डलाई पोजेटिभ सम्झिरहेका छन् ।’ अनुसन्धानकर्ताहरुका अनुसार परीक्षण नै कम गर्नु वा बिना लक्षणका व्यक्तिहरुको परीक्षण नगर्नु समाधान नभएको विशेषज्ञले बताएका छन् । उनीहरुले ठूलो परिमाणमा र्यापिड टेस्ट गर्नुपर्ने आवश्यकता अहिले पनि विद्यमान रहेको उनीहरुले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *