साऊदीमा भेटियो दुई वटा तेल र ग्यासको भण्डार
काठमाडौं । साऊदी अरबको सरकारी तेल कम्पनी अरामले देशको उत्तरी क्षेत्रमा दुई नयाँ तेल र ग्यासको भण्डार खोजेको छ। साऊदीका उर्जा मन्त्री प्रिन्स अब्दुल अजीज बिन सलमानले आधिकारिक साऊदी न्यूज एजेन्सी एसपीएलाई उक्त जानकारी दिएका छन्।
एसपीएका अनुसार एक प्राकृतिक ग्यास फिल्ड अल–जफ क्षेत्रमा भेटिएको हो। जसलाई हदबत अल–हजरा नाम दिएको छ। यस्तै देशका उत्तरी भागमा अर्को ग्यास र तेलको भण्डार फेला परेको छ जसलाई अबरक अल–तलुल नाम दिएको छ। हदबत अल–हजारबाट दैनिक १६ मिलियन क्यूबिक फीट प्राकृतिक ग्यास र १ हजार ९४४ ब्यारेल कन्डेनसेटको उत्पादन हुने बताइएको छ।
यस्तै अबरक अल–तुलुलबाट दैनिक ३ हजार १८९ ब्यारल अरब सुपर लाइट क्रुड र १.१ मिलियन क्यूबिक फीट ग्यास निस्कनेछ। एसपीएले उर्जामन्त्रीलाई उद्दृत गर्दै अर्को एक भडारबाट दैनिक २.४ मिलियन क्यूबिक फीट ग्यास र ४९ ब्यारल कन्डेनसेट उत्पादन हुनसक्ने बताएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment