‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’
बारा। बाराको जितपुर सिमराका युवाहरुले बारामा कोभिड–१९ को प्रभावमा परेका पीडितलाई ‘फुड बैंक सिमरा’ नामक अभियान संचालनगरी राहत बितरण गरेका छन्। उनीहरुको यो अभियान देशकै नमुना अभ्यास समेत रहेको स्थानियको भनाई छ।
‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ भन्ने नारा का साथ संचालन गरिएको फुड बैंक मा अधिकांसले चामल, दाल, नुन, तेल, चाउचाउ सहयोग गरेका छन्। र यसलाई जनप्रतिनिधि कै रोहबरमा प्याकेजमा बितरण पनि गरिएको सिमरा युवा समाजका मनिष प्याकुरेलले जानकारि दिए।
कोरोनाभाइरसका कारण लकडाउन र निसेधाज्ञाका बेला अफ्ठ्यारो अवस्थाबाट गुज्रिरहेका परिवारमा यसले ठूलो राहत को काम गरेको छ।
यो कार्यक्रम जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ र २ को समन्वयमा गरिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment