सर्वोच्च अदालतका बरिष्ठ वकिललाई १ रुपैयाँ जरिवानाको सजाय, त्यही पनि साथीले तिरिदिए

डिसी नेपाल
१५ भदौ २०७७ १६:१२

नयाँ दिल्ली। भारतको सर्वोच्च अदालतले अदालत र न्यायधीशको अवमूल्यनको मुद्दामा बरिष्ठ अधिवक्ता प्रशान्त भूषणलाई एक रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । भूषणले १५ सेप्टेम्बरसम्म जरिवाना नतिरेमा उनलाई ३ महिनाको जेल सजाय र ३ वर्षसम्म कानुनी अभ्यासमा प्रतिबन्ध लगाइनेछ । प्रशान्त भूषणले अदातको फैसलालगत्तै ट्वीटरमा लेखेका छन् ‘मेरा मित्र तथा वकिल राजीव धवनले मलाई फैसलालगत्तै १ रुपैयाँ दिनुभयो जुन मैले खुसीसाथ स्वीकार गरें ।’

अदालत र प्रधानन्यायाधीशमाथि टिप्पणी गेको मुद्दामा सर्वोच्च अदालतले प्रशान्त भूषणलाई १४ अगष्टमा दोषी ठहर गरेको थियो । अदालतले भूषणलाई अघिल्लो हप्ता बिना शर्त माफी माग्ने मौका पनि दिएको थियो तर उनले अस्वीकार गरेका थिए । भूषणले भनेका थिए कि माफी मागें भने यो अन्तरआत्मा र अदालतको अवमूल्यन हुनेछ ।

प्रशान्त भूषणले गरेका २ वटा ट्वीटलाई सर्वोच्च अदालतले अदालतको अवमूल्यन मानेको हो । पहिलो ट्वीट २७ जूनमा गरिएको थियो जसमा लेखिएको थियो ‘जब इतिहासकार भारतको विगत ६ वर्षलाई हेर्नेछन् अनि पाउनेछन् कि कसरी संकटकाल नलगाइ देशमा लोकतन्त्र समाप्त पारियो । उनीहरुले सर्वोच्च अदालत, खासगरी ४ पूर्व प्रधानन्यायाधीशको भूमिकामा प्रश्न उठाउनेछन् ।’

दोस्रो ट्वीट २९ जूनमा गरिएको थियो । जसमा प्रधानन्यायाधीश एएस बोबडेको हार्ले डेभिडसन मोटरसाइकलसँगको फोटो पोस्ट गरिएको थियो जसमा प्रधानन्यायाधीश हेल्मेट र मास्क बिना देखिएका थिए । त्यो ट्वीटमा लेखिएको थियो ‘प्रधानन्यायाधीशले लकडाउनमा अदालत बन्द गरेर जनतालाई न्याय दिन अस्वीकार गरे ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.