भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

डिसी नेपाल
१५ भदौ २०७७ १८:१६
8
Shares

काठमाडौं। भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार निधन भएको छ। वितग केही दिनदेखि कोमामा रहेका मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। प्रणवका छोरा अभिजित मुखर्जीले सोमबार ट्वीट गरेर आफ्ना बाबुको निधन भएको जानकारी दिएका छन्।

मुखर्जीलाई कोरोनासमेत भएको थियो। उनको दिल्लीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको थियो। सो अस्पतालमा उनको एक सर्जरीसमेत गरिएको थियो। मुखर्जी भारतीय काँग्रेसका पूर्व नेतासमेत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.