भारतीय प्रधानमन्त्री मोदीलाई यूट्युबमा डिसलाइकको ओइरो

डिसी नेपाल
१५ भदौ २०७७ २१:३८

काठमाडौं। गएको शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मन की बात’ माफर्त जनताका लागि केही राहत कार्यक्रमका घोषणा गरे। मोदी सरकार तथा उनको यो पार्टीले यो कार्यक्रमलाई निकै प्रमुखताका साथ प्रचार गर्दै आएको छ।

यो कार्यक्रममा मोदी गरेको सम्बोधन भारतीय जना पार्टीको आधिकारिक युट्युब च्यानलमा पनि अपलोड गरिएको छ। तर, यो भिडियोमा मोदीलाई मनपाउने भन्दा मन नपराउनेको संख्या उल्लेख्य रुपमा बढि देखिएको छ।

हालसम्म २९ लाख ८७ हजार भ्यूज भएको भिडियोमा ७४९ हजार डिसलाइक बटन थिचिएको छ। लाइक बटन भने १२४ हजार पटक थिचिएको छ। अथवा उनको यो भिडियो मन नपाउने मनपराउने भन्दा करिब ७ सय गुणा धेरै छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *