अनियन्त्रित कार रेष्टुरेण्टभित्र घुस्यो, ४ जनाको मृत्यु

डिसी नेपाल
१६ भदौ २०७७ ८:१३

मुम्बइ (एएनआइ) । दक्षिण मुम्बइमा भीषण सडक दुर्घटना भएको छ । क्राफोर्ड मार्केट एरियामा एक तीब्र गतिको कार अनियन्त्रित भएर जनता क्याफे रेष्टुरेण्टभित्र पसेको थियो । दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

४ जना घाइते भएको बताइएको छ । सबै घाइतेहरुको जेजे अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमध्ये ३ जना महिला भएको बताइएको छ । घाइतेहरुको स्थितिको बारेमा पक्का जानकारी अझैसम्म आइनसकेको समाचार एजेन्सी एएनआइले जनाएको छ । घटनास्थलमा पुलिस पुगिसकेको छ र अनुसन्धान सुरु गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.