केन्द्रीय कारागारमा रहेका एक कैदीको कोरोना संक्रमणबाट मृत्यु

डिसी नेपाल
१६ भदौ २०७७ १२:२६

काठमाडौं। कोरोना संक्रमणबाट केन्द्रीय कारागारका एक कैदीको मृत्यु भएको छ।  मंगलबार मृत्यु भएका तीन कैदी मध्ये एकमा कोरोना पुष्टि भएको छ।

दुई जनाको सोमबार र एक जनाको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएका मध्ये एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको केन्द्रीय कारागारका प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।

मृत्यु भएकामध्ये एक ४० वर्षीय कैदीमा कोरोना पुष्टि भएको हो। उनको मेगा अस्पतालमा मृत्यु भएको र अन्य दुई जनाको वीर अस्पतालमा मृत्यु भएको थियो। केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा संक्रमण पुष्टि भइसकेको छ। कारागारमाको सुरक्षामा कार्यरत ५६ प्रहरीमा पनि संक्रमण भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *