भारत–चीन सीमामा फेरि तनाव बढेपछि अमेरिकाले के भन्यो ?

डिसी नेपाल
१७ भदौ २०७७ ९:०८

काठमाडौं। भारत–चीन सीमामा दुई देशबीच फेरि तनाव बढेको छ । लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा चार तीनभित्र तीन पटक तनाव भएको छ । दुई देशबीच तनाव बढेपछि यस विषयमा अमेरिकाले प्रतिक्रिया दिएको छ । अमेरिकी विदेश मन्त्रालयले यहाँको स्थितिको गहन निगरानी गरिरहेको बताउँदै शान्तिपूर्ण समाधानको अपेक्षा गरिरहेको बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयले ताइवान स्ट्रेटदेखि शिनजियांग, साउथ चाइना सी, हिमालय, साइबरस्पेसदेखि इन्टल अर्गनाइजेशनसम्म चीनको कम्युनिस्ट पार्टीसँग काम गरिरहेको बताउँदै चीनको कम्युनिस्ट पार्टीले आफ्नाहरुलाई नै दबाउन चाहेको र आफ्ना छिमेकीलाई धम्क्याउन चाहेको आरोप लगाएको छ । अमेरिकाले यी उक्साहटलाई रोक्ने एकमात्र तरिका बेइजिङविरुद्ध उभिनु भएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.