डोनाल्ड ट्रम्पकी सेक्रेटरीलाई उनकै अगाडि किम जोंग उनले जिस्क्याइदिएपछि…

डिसी नेपाल
१८ भदौ २०७७ १५:२५
12
Shares

काठमाडौं। ह्वाइट हाउसकी पूर्व प्रेस सेक्रेटरीेले उत्तर कोरियाका शासक किम जोंग उनको बारेमा आश्चर्यजनक खुलासा गरेकी छिन् । पूर्व प्रेस सेक्रेटरी सारा सेन्डर्ससे आफ्नो नयाँ किताबमा किम जोंग उनले आफूसँग फ्ल्र्ट गर्ने कोसिस गरेको बताएकी छिन् । जून २०१८ मा अमेरिकी राष्ट्रपति सिंगापुर समिटमा भाग लिन गएका बेला सारा पनि उनको साथमा थिइन् । साराका अनुसार त्यही समयमा किम जोंग उनले उनलाई आँखा झिम्क्याएका थिए ।

साराले जब डोनाल्ड ट्रम्पसँग यसबारे भनिन् त्यसपछि ट्रम्पले पनि यो कुरालाई मजाक बनाएका थिए । ट्रम्पले हास्दै भनेका थिए ‘किम जोंगले तिमीसँग फ्लर्टको कोसिस गरे, उनले यस्तो गरे । तिमीलाई लाइन हाने !’ ट्रम्पले मजाकमै सारासँग अब तिमी हामी सबैको लागि उत्तर कोरिया जाँदैछौ भनेका थिए । द गार्डियनको रिपोर्टअनुसार सारा सेन्डर्सको किताब ‘स्पिकिङ फर माइसेल्फ’मा यो प्रसंग उल्लेख गरिएको छ । अर्को मंगलबार प्रकाशित हुने यो किताबको एक प्रति गार्डियनसँग भएको रिपोर्टमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.