चीनको बेइजिङमा अन्तर्राष्ट्रिय विमान आउन थाले

डिसी नेपाल
१८ भदौ २०७७ १६:०८

बेइजिङ। कोरोनाभाइरसको महामारी शुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीबारदेखि अन्तर्राष्ट्रिय विमानहरु आउन थालेका छन्। बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित संख्यामा अन्तर्राष्ट्रिय विमानहरु आउन थालेको अधिकारीहरुले जानकारी दिएका छन्।

कोरोनाभाइरसको महामारी फैलिन थालेपछि गत मार्चदेखि बन्द भएको विमानस्थलमा फेरि अन्तरदेशीय विमान सेवा सुरु भएको हो। कोरोनाभाइरसको खतरा कम देखिएको निश्कर्ष निकाल्दै अधिकारीहरुले विमान सेवा सूचारु गर्ने निर्णय गरेका हुन् ।

बिहीबार पहिलो दिनको अन्तर्राष्ट्रिय उडानमा कम्बोडिया, ग्रिस, डेनमार्क, थाइल्याण्ड, पाकिस्तान, अस्ट्रिया, क्यानाडा र स्विडेनबाट यात्रु आएका छन्। चीनमा आउन लागेकाहरुलाई विमान प्रवेश गर्नुअघि कोरोनाभाइरसको सङ्क्रमण नभएको प्रमाण पेस गर्नु पर्ने व्यवस्था पनि गरिएको छ।

अहिले प्रारम्भिक तथा परीक्षण अवधि भएकाले दैनिक नियमित रुपमा पाँच सयको हाराहारीमा यात्रुहरु आउने व्यवस्था मिलाइएको स्थानीय एक अधिकारीले जानकारी दिए। चीनको राजधानी बेइजिङमा गत मार्चको शुरुवातदेखि नै सबै अन्तर्राष्ट्रिय विमान सेवाहरु बन्द गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *