चीनले बनायो विश्वको सबैभन्दा ठूलो ‘नौसेना’, पेन्टागनले दियो चेतावनी

डिसी नेपाल
१८ भदौ २०७७ २१:२८
80
Shares

काठमाडौं । चीनले विश्वको सबैभन्दा ठूलो नौसेना (जलसेना) तयार गरेको छ। रिपोर्टका अनुसार चीनले पछिल्ला केही वर्षमा आफ्नो नौसेनाको शक्तिमा कैयौं गुणा वृद्धि गरेको बताइएको छ।

अमेरिकी रक्षा विभाग पेन्टागनले आफ्नो वार्षिक रिपोर्टमा चीनले करीब एक दर्जनभन्दा बढी देशमा आफ्नो अड्डा बनाउनको लागि काम गरिरहेको बताएको छ। पेन्टागनले चिनियाँ सैन्यशक्ति सम्बन्धी आफ्नो वार्षिक रिपोर्ट अमेरिकी काँग्रेसलाई बुझाएको छ। उक्त रिपोर्टमा चीनले आफ्नो नौसेना, वायुसेना र अन्य शक्तिलाई मजबुद बनाउन लागिपरेको उल्लेख छ। यस्तै चीनले आफ्नो सैनिक अड्डाको माध्यमबाट अमेरिकी सैन्य अभियानमा पनि हस्तक्षेप गर्नसक्ने बताइएको छ।

भारतीय मिडियाहरुले भने उक्त रिपोर्टलाई उद्धृत गर्दै चीनले भारतलाई घेराबन्दी गर्नको लागि थाइल्याण्ड, सिंगापुर, इंडोनेसिया , यूएई, केन्या, तान्जानिया, अंगोलालगायतका देशमा आफ्नो अड्डा बनाउन लागिपरको बताएका छन्। साथै चीन इण्डो प्यासिफिक क्षेत्रमा पनि नौसैनिक अड्डा बनाउन चाहेको बताइएको छ ।

चीनसँग अहिले ३५० युद्धपोत र सबमरिन भएको बताइएको छ। जसमा १३० भन्दा बढी सरफेस कम्ब्याट –लडाकु) रहेका छन्। जबकी अमेरिकामा भने मात्र २९३ युद्धपोत रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *