२०२१ को मध्यभन्दा अगाडि कोरोनाको खोप आउने सम्भावना छैन : डब्ल्यूएचओ
काठमाडौं। कोरोना महामारी शुरु भएको करिब ७ महिना पुरा भएको छ। र कुनै खोप नभएको यो महामारिविरुद्ध विश्वभर कम्तिमा १० वटा खोपमाथि अनुसन्धान जारी छ। रुसले हालै कोरोनाको खोप बनिसकेको र अब बजारमा आउने बताएको छ। तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने २०२१ को मध्यभन्दा अगाडि खोप बजारमा आउने सम्भावना नरहेको बताएको छ।
डब्ल्यूएचओकी प्रवक्ता मार्गेरट ह्यारिसले अहिले कोरोनाका खोपहरुको तेस्रो चरणको परीक्षण चलिरहेको भन्दै यो परीक्षण निकै लामो हुने बताएकी छन्। राष्ट्र संघको एक सभालाई सम्बोधन गर्दै ह्यारिसले हाल बनेका केही खोपहरुले ५० प्रतिशत पनि काम नगरेको उल्लेख गर्दै क्लिनक परीक्षण लामो समय जाने भन्दै खोप तत्कालन बजारमा आउने सम्भावना नरहेको बताइन्।
रुसले खोप बनिसकेको दावी गरेको छ भने चीनले पनि खोप यही वर्षको अन्त्यसम्म तयार हुने दावी गरेको छ। उता अमेरिकाले पनि खोपबारे छिटै गुड न्यूज आउने बताएको छ। तर, विश्व स्वास्थ्य संगठनको यो भनाइले खोप तयार भएर बजारमा आउन अझ निकै समय लाग्ने देखिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment