चीनको जनमुक्ति सेनाले ५ जना भारतीयलाई बन्दी बनाएर लिएर गए
काठमाडौं। चीनको जनमुक्ति सेनाले भारतको अरुणाचल प्रदेशबाट ५ जना भारतीय युवकहरुलाई बन्दी बनाएर लिएर गएको समाचार सार्वजनिक भएको छ । रिपोर्टअनुसार चीनको सेनाले अन्य २ जनालाई पनि लैजान चाहेका थिए तर उनीहरु बच्न सफल भएका छन् । भारत चीन सीमा क्षेत्रको सुबानसिरी जिल्लाको नाछो क्षेत्रका युवालाई अपहरण गरिएको दावी गरिएको छ । यहाँका गाउँलेहरु आज भारतीय सेनाका अधिकारीलाई भेट्न जान लागेको बताइएको छ ।
SHOCKING NEWS: Five people from Upper Subansiri district of our state Arunachal Pradesh have reportedly been ‘abducted’ by China’s People’s Liberation Army (PLA).
Few months earlier,a similar incident happened. A befitting reply must be given to #PLA and #CCPChina. @PMOIndia https://t.co/8gRdGsQfId pic.twitter.com/KbDMJ3bUi2
— Ninong Ering (@ninong_erring) September 4, 2020
अरुणाचल प्रदेशका सांसद निनंग एरिंगले ट्जीटरमा अपरणमा परेका युवाहरुको नामसमेत उल्लेख गरेका छन् । एरिंगले लेखेका छन् ‘चीनका सैनिकले नाछो क्षेत्रमा बस्ने ५ जना युवाहरुलाई अपहरण गरेका छन् । घटना यस्तो बेलामा भएको छ जब रक्षा मन्त्री राजनाथ सिंहले रुस र चीनका रक्षा मन्त्रीसँग भेटवार्ता गरिरहेका छन् । पीएलएको यो कार्यले निकै गलत सन्देश जानेछ । चीनलाई उपयुक्त जवाफ दिइनै पर्छ ।’
रिपोर्टका अनुसार अपहरण गरिएका पाँचै जना युवा तागिन समुदायका हुन् ।चिनियाँ सैनिकले नाछो क्षेत्रको जंगलबाट उनीहरुलाई उठाएर लिएर गएका थिए । घटनाको जानकारी उनीहरुका एक आफन्तमार्फत सार्वजनिक भएको हो । आश्चर्यको कुरा गउँलेहरुले यो घटनाबारे भारतीय सेनालाई कुनै जानकारी दिएका थिएनन् । केही मानिसहरुले शनिबार आफूहरुले भारतीय सेनालाई यसको जानकारी दिन जान लागेको बताएका छन् ।







डिसी नेपाल








Facebook Comment