कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं। कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका प्रतिनिधिहरुलाई बालुवाटार बोलाएका छन्।
अहिले निजी क्षेत्रका प्रतिनिधिहरुसँग बालुवाटारमा छलफल शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए। उनले भने, ‘सम्माननीय प्रधानमन्त्री तथा अर्थमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरू र सम्बद्घ अधिकारीहरूसँग कोभिड १९ ले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा आयोजना गर्नुभएको सुझाव र परामर्श कार्यक्रम शुरू भएको छ।’
गएको चैत ११ मा शुरु भएको देश व्यापी लकडाउन हटे पनि हाल देशका विभिन्न स्थानमा रहेको निषेधाज्ञा तथा विश्वव्यापी प्रभाका कारण अर्थतन्त्रमा नकरात्मक असर परेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment