राजश्व संकलनका लागि विहीबारसम्म बैंकका सबै शाखा खोल्न निर्देशन

डिसी नेपाल
२२ भदौ २०७७ १९:१८

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारदेखि बिहीबारसम्म राजश्व संकलन गर्ने सबै शाखा तथा काउन्टरहरु खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

भ्याटलगायतका राजश्व बुझाउने म्याद भदौ २५ भएकाले भिड कम गर्नका लागि सबै शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ।

बैंकहरुका राजश्व संकलन गर्ने शाखा तथा काउन्टर, चेक क्लियरिङ गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस विहीबारसम्म खुल्ला गर्न निर्देशन दिएको हो।

कोभिड–१९ को संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेसँगै बैंकहरुले सिमित शाखा मात्र संचालन गर्दै आएका छन्। थोरै खुलेका शाखाहरुमा सर्वसाधारणको भीड हुने गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *