सुशान्त राजपूत मृत्यु प्रकरण नयाँ मोडमा, सुशान्तकी बहिनी विरुद्ध एफआईआर दर्ता

डिसी नेपाल
२३ भदौ २०७७ ८:००

बीबीसी। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको घटनाले सोमबार राति नयाँ मोड लिएको छ। मुम्बई पुलिसले सुशान्त सिंह राजपूतकी बहिनी बिरूद्ध एफआईआर दर्ता गरेको छ।

समाचार एजेन्सी एएनआईका अनुसार ‘एफआईआर मुम्बईको बान्द्रा पुलिस स्टेशनमा आईपीसी र एनडीपीएस ऐन अन्तर्गत सुशान्त सिंह राजपूतकी बहिनी प्रियंका सिंह, राम मनोहर लोहिया अस्पताल दिल्लीका डा. तरुण कुमार र अन्य विरुद्ध उजुरी दर्ता गरिएको छ।’ बान्द्रा प्रहरीले आत्महत्या, ठगी र आपराधिक षडयन्त्रको अभिप्रायको मुद्दा दर्ता गरेको हो।

सोमबार, रिया चक्रवर्तीले बान्द्रा पुलिस स्टेशनमा लिखित गुनासो गरेकी थिइन्। उनले सुशान्तकी बहिनी प्रियंका सिंह र डाक्टर तरुण कुमारलाई नक्कली प्रिस्क्रिप्सन र टेली मेडिसिन अभ्यास निर्देशनको उल्लंघन गरेको आरोपमा मुद्दा दर्ता गर्न अपील गरेकी थिइन्।

गुनासोमा रियाले आठ जूनमा सुशान्तले रियालाई आफ्नी बहिनीसँग मोबाइल सन्देश मार्फत कुराकानी देखाएका थिए र बहिनीले उनलाई औषधि लिन आग्रह गरेको बताएको रियाले जनाएकी छन्। रियाका अनुसार उनले सुशान्तलाई उनका डाक्टरले भनेको औषधि मात्र लिनु पर्छ र आफ्नी बहिनी मार्फत दिइएका औषधि लिनु हुँदैन भन्नै आश्वस्त पार्न खोजेकी थिइन्।

रियाले आफ्नो गुनासोमा लेखेकी छन् कि सुशान्त सिंहकी बहिनीले डा. तरुण कुमारमार्फत नक्कली प्रिस्क्रिप्सन बनाएकी थिइन्। रियाका अनुसार उनी र सुशान्तबीच मतभेद रहेको थियो र सुशान्तले उनलाई आफ्नी बहिनी मीतु सिंह आएर बस्न लागेकाले घर छोड्न भनोक थिए।

रिया चक्रवर्ती आफैँ यस केसमा संदिग्ध छिन् र सीबीआईले यस विषयमा अनुसन्धान गरिरहेछ। सीबीआई बाहेक, नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले यस केसमा लागुपदार्थको खरीद, लेनदेन र खपत सम्बन्धी मुद्दा पनि अनुसन्धान गरिरहेको छ। एनसीबीले हालसम्म रुवा चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्त सिंहका प्रबन्धक शमूएल मिरांडासहित नौ जनालाई पक्राउ गरेको छ।

एनसीबीले रिया चक्रवर्तीसँग धेरै पटक केरकार गरेको छ र मंगलबार पनि सोधपुछ गरिने बताइएको छ। १४ जुनमा सुशान्त सिंह राजपूत मुम्बईमा उनको घरमै मृत भेटिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.