‘भारतीय महिला विश्वमै सबैभन्दा अप्रिय र यौन आकर्षण नभएका’ – अमेरिकी पूर्व राष्ट्रपति
काठमाडौं। अमेरिकी पूर्ण राष्ट्रपति रिचर्ड निक्सनले भारतीय महिलाहरुलाई विश्वमै सबैभन्दा अप्रिय महिलाको रुपमा चित्रण गरेको खुलासा भएको छ । निक्सनले भारतीइ महिलालाई विश्वमै सबेभन्दा यौन आकर्षण नभएका महिला पनि भनेको अमेरिकी प्राध्यापक गेरी जे बासले दावी गरेका छन् । उनले बिहीबार न्यूयोर्क टाइम्समा प्रकाशित गरेको एक विचारमा यस्तो बताएका हुन् । बासले आफ्नो लेखमा निक्सनका यी भनाइहरुको स्रोत ह्वाइट हाउसले हालै ‘डिक्लासिफाइ’ गरेका टेपहरु भएको बताएका छन् ।
यी टेपहरुमा तत्कालीन राष्ट्रपति निक्सन र उनका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिंगरबीचको कुराकानी रेकर्ड भएको बताइएको छ । निक्सन अमेरिकाका ३७ औं राष्ट्रपति थिए । उनी १९६९ देखि १९७४ सम्म पदमा थिए । यी टेपहरु रिचर्ड निक्सन राष्ट्रपतीय पुस्तकालय र संग्रहालयले जारी गरेको बासले बताएका छन् । बास प्रिन्सटन युनिभर्सिटीमा राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हुनुका साथै ‘द ब्लड टेलिग्रामः निक्सन, किसिंगर एण्ड अ फर्गटन जेनोसाइड’ नामक पुस्तकका लेखक पनि हुन् ।
पुलित्जर पुरस्कारको लागि फाइनलसम्म पुगेको यो पुस्तक १९७१ मा भएको भारत–पाकिस्तान युद्धका विषयमा लेखिएको छ । यो त्यही युद्ध हो जसले पाकिस्तानबाट बंगलादेशलाई विभाजन गराएको थियो । बासको दावीअनुसार ती टेपहरुमा निक्सनले भारतीय महिलाहरुलाई काला जातीका महिलाहरुसँग तुलना गरेका थिए र भनेका थिए ‘मेरो मतलब, मानिसहरु काला अफ्रिकीहरुको बारेमा के भन्छन् ? तपाइँ केही समानता देख्न सक्नुहुन्छ । मेरो मतलब उनीहरुसँग थोरै जनावरजस्तो सुन्दरता छ तर भगवान, ती भारतीयहरु, आक, टिठलाग्दा उच् !’
बासका अनुसार ४ नोभेम्बर १९७१ मा जब राष्ट्रपति निक्सनले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग कुरा गरिरहेका थिए उनले भनेका थिए ‘मेरो लागि, उनीहरुले मेरो मुड अफ गरिदिन्छन् । तिनीहरुले अरु मानिसहरुलाई कसरी मुडमा ल्याउन सक्छन् ? हेनरी मलाई भन त । उनीहरु प्रतिकूल छन् र उनीहरुसँग अप्ठ्यारो बन्नु नै सजिलो छ ।’ १२ नोभेम्बर १९७१ मा अर्को घटनामा किसिंग्नर र आफ्ना विदेशमन्त्री विलियम पी रोजरसँग भारत पाकिस्तान युद्धबारे कुरा गर्दै गर्दा निक्सनले भनेका थिए ‘मलाई थाहा छैन उनीहरु सन्तान चाहिँ कसरी जन्माउँछन् ?’
No ads found for this position

डिसी नेपाल
Facebook Comment