‘भारतीय महिला विश्वमै सबैभन्दा अप्रिय र यौन आकर्षण नभएका’ – अमेरिकी पूर्व राष्ट्रपति

डिसी नेपाल
२३ भदौ २०७७ १२:१५
424
Shares

काठमाडौं। अमेरिकी पूर्ण राष्ट्रपति रिचर्ड निक्सनले भारतीय महिलाहरुलाई विश्वमै सबैभन्दा अप्रिय महिलाको रुपमा चित्रण गरेको खुलासा भएको छ । निक्सनले भारतीइ महिलालाई विश्वमै सबेभन्दा यौन आकर्षण नभएका महिला पनि भनेको अमेरिकी प्राध्यापक गेरी जे बासले दावी गरेका छन् । उनले बिहीबार न्यूयोर्क टाइम्समा प्रकाशित गरेको एक विचारमा यस्तो बताएका हुन् । बासले आफ्नो लेखमा निक्सनका यी भनाइहरुको स्रोत ह्वाइट हाउसले हालै ‘डिक्लासिफाइ’ गरेका टेपहरु भएको बताएका छन् ।

यी टेपहरुमा तत्कालीन राष्ट्रपति निक्सन र उनका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिंगरबीचको कुराकानी रेकर्ड भएको बताइएको छ । निक्सन अमेरिकाका ३७ औं राष्ट्रपति थिए । उनी १९६९ देखि १९७४ सम्म पदमा थिए । यी टेपहरु रिचर्ड निक्सन राष्ट्रपतीय पुस्तकालय र संग्रहालयले जारी गरेको बासले बताएका छन् । बास प्रिन्सटन युनिभर्सिटीमा राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हुनुका साथै ‘द ब्लड टेलिग्रामः निक्सन, किसिंगर एण्ड अ फर्गटन जेनोसाइड’ नामक पुस्तकका लेखक पनि हुन् ।

पुलित्जर पुरस्कारको लागि फाइनलसम्म पुगेको यो पुस्तक १९७१ मा भएको भारत–पाकिस्तान युद्धका विषयमा लेखिएको छ । यो त्यही युद्ध हो जसले पाकिस्तानबाट बंगलादेशलाई विभाजन गराएको थियो । बासको दावीअनुसार ती टेपहरुमा निक्सनले भारतीय महिलाहरुलाई काला जातीका महिलाहरुसँग तुलना गरेका थिए र भनेका थिए ‘मेरो मतलब, मानिसहरु काला अफ्रिकीहरुको बारेमा के भन्छन् ? तपाइँ केही समानता देख्न सक्नुहुन्छ । मेरो मतलब उनीहरुसँग थोरै जनावरजस्तो सुन्दरता छ तर भगवान, ती भारतीयहरु, आक, टिठलाग्दा उच् !’

बासका अनुसार ४ नोभेम्बर १९७१ मा जब राष्ट्रपति निक्सनले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग कुरा गरिरहेका थिए उनले भनेका थिए ‘मेरो लागि, उनीहरुले मेरो मुड अफ गरिदिन्छन् । तिनीहरुले अरु मानिसहरुलाई कसरी मुडमा ल्याउन सक्छन् ? हेनरी मलाई भन त । उनीहरु प्रतिकूल छन् र उनीहरुसँग अप्ठ्यारो बन्नु नै सजिलो छ ।’ १२ नोभेम्बर १९७१ मा अर्को घटनामा किसिंग्नर र आफ्ना विदेशमन्त्री विलियम पी रोजरसँग भारत पाकिस्तान युद्धबारे कुरा गर्दै गर्दा निक्सनले भनेका थिए ‘मलाई थाहा छैन उनीहरु सन्तान चाहिँ कसरी जन्माउँछन् ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.