चाैतर्फी आलोचनापछि व्याक भयाे रेल विभाग, रेल मार्गको ठेक्का रद्द
काठमाडाैं। चाैतर्फी आलोचनापछि सरकारले पूर्व -पश्चिम रेलमार्गको काँकडभिटा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द गरेको छ। रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द भएको जानकारी दिएको हो।
रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेपछि चर्को आलोचना हुँदै आएको थियो।
३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया सुरु गरेपछि चर्को आलोचना हुँदै आएको थियो। ठेक्काको क्लज नम्बर ३७।१ को सेक्सन १ बमोजिम ठेक्का प्रक्रिया रद्द गरेको विभागले जनाएकाे छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment