प्रदेश एक प्रहरी कार्यालयका डीआइजी कार्कीलाई कोरोना संक्रमण
काठमाडौं। प्रदेश प्रहरी कार्यालय, प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण भएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी कार्कीलाई मंगलबार कोरोना संक्रमण देखिएको सो कार्यालयले जनाएको छ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइँकेलका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण देखिएको हो। यसअघि गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्याललाई पनि कोरोना संक्रमण देखिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment