झिँगा धपाउन खोज्दा घरमा विस्फोट

डिसी नेपाल
२३ भदौ २०७७ १८:५७

बीबीसी । फ्रान्सको एउटा गाउँमा एक वृद्ध मानिसले झिँगा धपाउने प्रयास गर्दा उनको घरमा विस्फोटन भएको छ।

रातिको भोजन गर्न बस्न लागेको बेला एउटा झिँगाले दुःख दिएपछि ८० वर्षभन्दा बढी उमेरका ती व्यक्तिले झिँगा र कीराफट्याङ्ग्रा धपाउन प्रयोग गरिने विद्युतीय साधन चलाएका थिए।

तर त्यही बेला घरमा ग्यास चुहिएकाले उक्त साधनसँग घर्षण हुँदा त्यहाँ विस्फोटन भयो। विस्फोटनले भान्सा ध्वस्त भयो भने घरको सानो भाग पनि आंशिक रूपमा क्षतिग्रस्त भयो। स्थानीय सञ्चारमाध्यमका अनुसार ती वृद्धको हातमा केही पोलेको भए पनि उनी सकुशल छन्।

तर उनलाई बिथोल्ने झिँगाबारे केही थाहा नभएको सुड–वेस्ट समाचारपत्रले जनाएको छ। ती वृद्धले तत्काल अन्यत्र आश्रय लिएका छन् भने उनको परिवारले घर मर्मत गर्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *