काठमाडौं परिसरका मुद्दा शाखाका इन्स्पेक्टरलाई कोरोना संक्रमण
काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौमा कार्यरत एक प्रहरी निरीक्षकलाई कोरोना संक्रमण देखिएको छ। मुद्दा शाखामा कार्यरत प्रहरी नीरिक्षकलाई संक्रमण देखिएपछि सो शाखाका सबै प्रहरीलाई क्वारिन्टमा पठाएको महानगरीय प्रहरी परिसर काठमाडौ स्रोतले जनाएको छ।
उनीसँगको सम्पर्कमा रहेका केही प्रहरीको आजै स्वाब परीक्षण गरिएको पनि परिसर स्रोतले जनाएको छ। अहिले सो शाखा सिल गरिएको छ भने त्यहाँबाट हुने काम बाहिर खुला ठाउँमा सारिएको छ। यसअघि परिसर अन्र्तगतका दुई डिएसपीलाई संक्रमण देखिएको थियो।
उनीहरु अहिले होम आइसोलेशनबाट काम गरिरहेका छन्। काठमाडौं उपत्यकाभित्र करिब ९ सय प्रहरी संक्रमित भएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment