ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित

डिसी नेपाल
२४ भदौ २०७७ १७:१२

वाशिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नाबेल शान्ति पुरस्कारका लागि मनोनित भएका छन्। आगामी वर्षका लागि उनी मनोनित भएको अमेरिकी सञ्चार माध्यम फक्स न्युजले जनाएको छ। ट्रम्पले इजरायल र सँयुक्त अरब इमिरेट्सबीच कूटनीतिक सम्बन्ध स्थापना गराउन भूमिका खेलेको भन्दै नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको हो।

अमेरिका कै पहलमा भएको सम्झौताका कारण सन् १९४८ मा अस्तित्वमा आएको इजरायलसँँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने अरब इमिरेट्स पहिलो खाडी मुलुक बनेको थियो। कूटनीतिक सम्बन्ध स्थापना पनि हालै इजरालयको तेल अभिवबाट यूएईको अबुधामीमा पहिलो इजरायली अन्तर्राष्ट्रिय विमान अवतर गरेको थियो। जसमा ट्रम्पका छोरी ज्वाई नेतृत्वको अमेरिका–इजरायल प्रतिनिधि मण्डल सवार थियो।

नर्वेका संसद र नाटो संसदीय एसेम्बलीका अध्यक्ष क्रिस्टियन टाब्रिङ जेड्डीले ट्रम्पको नाम पुस्कारका लागि मनोनित गरेका हुन्। क्रिस्टियनले नै सन् २०१८ मा उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्न सफल भएकोमा नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम मनोनित गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *