कंगनाकी आमा भाजपामा प्रवेश
नयाँ दिल्ली (एजेन्सी)। भारतको महाराष्ट्र सरकारसँग विवाद चलिरहेका बेला अभिनेत्री कंगना रनोटकी आमा आशा रनोट भारतीय सत्तारुढ दल भाजपामा प्रवेश गरेकी छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनले काँग्रेस त्यागेकी हुन्। उनले भाजपामा प्रवेश गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृह मन्त्री अमित शाहलाई धन्यावाद दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
कंगनाकी आमा आशाले महाराष्ट्र सरकार र सत्तारुढ दल शिवसेनासँग छोरी कंगनाको विवादपछि भाजपामा प्रवेश गर्नुपर्ने बाध्यता भएको बताएकी छन्।
स्मरण रहोस मुम्बईस्थित कंगनाको अफिस बम्बे मेट्रोपोलियन सिटी (बीएमसी)ले भत्काइदिए पछि कंगना र शिवसेनाबीच टकराव भइरहेको छ। सामाजिक सञ्जालमा शिवसेना नेता सञ्जय राउत र कंगनाबीच भएको विवाद घर भत्किनेसम्म आइपुग्दा भाजपाले कंगनाको समर्थन गरिरहेको छ।
शिवसेनाका उद्धव ठाकरे महाराष्ट्रको मुख्यमन्त्री छन्। भाजपाले सत्ता गुमाउनु परेकाले शिवसेना र ठाकरेमाथि आक्रामक बयान दिइरहेको बेला कंगनाका कारण भाजपालाई झन सजिलो भइदिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment