भयानक विष्फोटको १ महिनापछि लेबनानको बेरुतमा फेरि विष्फोट, देखियो धुवाँको मुस्लो

डिसी नेपाल
२६ भदौ २०७७ ८:३४

काठमाडौं। एक महिना अगाडि भएको भयानक विष्फोटमा लेबनानको राजधानी बेरुत बहरको ठूलो भाग विनाश भयो । सयौंले ज्यान गुमाए । यो घटनाको एक महिनापछि बिहीबार फेरि बेरुतको आकाशमा धुवाँको मुस्लो देखिएको छ । बेरुत बन्दरगाहमा भयानक आगो दन्किएको छ । एउटा ठूलो विष्फोटपटि बेरुत बन्दरगाह र आसपासको क्षेत्रमा विनाशको जानकारी आएको छ । अल जजीराका अनुसार बेरुत बन्दरगाहको ड्युटी फ्रि जोनमा विष्फोट भएको हो ।

यो विष्फोटका कारण मानिसहरुमा भागदौड मच्चिएको थियो । कैयौं शहरबासी शहरबाट भाग्न बाध्य भए । एक महिनाअघि मात्र बन्दरगाह नजिकै अमोनियम नाइट्रेट विष्फोट हुँदा भएको भयानक विनाश बिर्सिन नपाएका बेरुतबासी त्रसित भएका कारण भागाभाग भएको थियो । सेनाले तेल र टायरको एक पसलमा लागेको आगोको लप्का फैलिएको बताएको छ । यसको कारण तत्काल स्पष्ट हुन नसकेको बताइएको छ । टेलिभिजन फुटेजमा आगोमा पानी हाल्दै गरेको सेनाको हेलिकप्टर पनि देखिएको थियो । जमिनमा दमकलकर्मी पनि देखिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.