एक दशकमा ४० लाख रोजगारी थपियो, कृषिबाट औद्योगिकतर्फ रुपान्तरण हुँदै

डिसी नेपाल
२६ भदौ २०७७ ९:५३

काठमाडौं। एक दशकमा नेपाली श्रम बजारमा ४० लाख नयाँ रोजगारी थपिएको छ। नेपाली अर्थतन्त्र निर्वाहमुखी कृषिबाट विस्तारै औद्योगिक प्रणालीतर्फ रुपान्तरण हुँदै गएकाले श्रम बजारमा अवसर पनि बढेको हो।

विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल श्रम अध्ययन प्रतिवेदन’ले श्रम बजारको अध्ययनले नेपाली अर्थतन्त्र रुपान्तरण हुँदै गएको आँैल्याएको छ । सन् २००८ देखि २०१८ सम्मको अवधिलाई आधार दिएर गरेको अध्ययले नेपाली अर्थतन्त्र निर्वाहमुखी कृषि प्रणालीबाट औद्योगीक प्रणालीतर्फ रुपान्तरण हुँदा तलवी रुपमा काम गर्नेको संख्या बढ्दै गएको औल्याएको छ।

प्रतिवेदनमा नेपाली श्रम बजारले विकास भऐपनि रोजगारको गुणस्तर र कामदारको तलवको अवस्था भने कमजोर रहेको उल्लेख गरेको छ। तलवी रुपमा काम गर्नेहरुमा पुरुषहरुको वाहुल्यता रहेको र महिलाहरुले भने गुणस्तरीय जागिर प्राप्त गर्न सकेका छैनन्।

निर्वाहमुखी कृषिको काम गर्ने नेपालीहरु विस्तारै तलव पाउने रोजगारीका रुपमा निर्माण, उत्पादन, व्यापार र यातायात क्षेत्रमा काम गर्न थालेका छन् । यो रुपान्तरण देशको आर्थिक परिवर्तनको संकेत रहेको विश्व बैंककी प्रमुख अर्थशास्त्री तथा अध्ययनकी लेखिका डा. एलिजावेथ रुपर्ट बल्मरले भनिन्–‘तलब पाउने रोजगारी बढ्दै जानु संसारका अन्य विकसित मुलुकहरूको जस्तै परिवर्तन संकेत हो, यसले नेपालको आर्थिक विकासमा आधारभूत परिवर्तनको संकेत गर्छ।’

प्रतिवेदनले कोरोना महामारीले श्रम बजारमा परेको प्रभावलाई भने समेटिएको छैन । तर, महामारी पश्चात सुरक्षित र स्थिर रोजगारीको महत्वलाई भने प्रकाश पार्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *