अख्तियारले गर्ने निर्णयको छानविन गर्न काँग्रेस नेता पौडेलको माग
फाइल फाेटाे
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दामा लापारबाही गरेको भन्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारले गरेको कार्य सम्पादनमाथि पनि छानविन हुनुपर्ने माग राखेका छन्। उनले ठूल्ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारले लापर्वाहीपूर्ण निर्णय गर्दै मुद्दा तामेलीमा राखेको भन्दै त्यसको छानविन हुनुपर्ने बताएका छन्।
नेता पौडेलले अख्तियारका वर्तमान र पूर्व पदाधिकारीलाईसमेत जिम्मेवार बनाउने गरी पूर्व प्रधानन्यायधीशको संयोजकत्वमा उच्च स्तरीय न्यायिक छानविन समिति गठन गर्न माग गरेका छन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment