फेसबुकमा फोटो राखेपछि जनकपुरमा तनाव, प्रहरीले अश्रु ग्यास हान्यो

डिसी नेपाल
२७ भदौ २०७७ १८:५६

काठमाडौं। जनकपुरमा शनिबार सामाजिक सञ्जालमा राखिएको तस्वीकार कारण भएको झडप नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रयोग गर्नुपरेको छ। फेसबुकम मोर्हमको दाहाकाको तस्वीर राखिएपछि हिन्दु र मुस्लिमु समूदायबीच झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले बताए।

जनकपुरधाम वडा नम्बर २० रुपैठामा शनिबार भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई घाइते भएको धनुषा प्रहरीले जनाएको छ। भडप रोक्न प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ।

प्रहरी परिचालनपछि स्थिति सामान्य बनेको प्रमुख जिल्ला अधिकारी भट्टराईले डिसी नेपाललाई बताए। उनले डिसी नेपालसँग भने, ‘फेसबुकमा राखेको तस्वीरमा कमेन्ट गरेको विषय चर्किँदै जाँदा झडप भएको हो। अहिले स्थिति नियन्त्रणमा छ। दुबै पक्षबीच वार्ता भइरहेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *