सामाजिक दूरी कायम गर्दै वाग्मती सफाइ

डिसी नेपाल
२७ भदौ २०७७ २३:३९

काठमाडौं। वाग्मती सफाइ महाअभियानको ३८३ औँ हप्तामा गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा सफाइ गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम रहँदा पनि भौतिक दूरी कायम गरी करिब ६० जना अभियानकर्मीको सक्रियतामा सफाइ अभियानलाई निरन्तरता दिइएको हो । नदी किनारमा आउन नसक्ने अभियानकर्मीले भने आफ्नो टोलमै सफाइ अभियानलाई निरन्तरता दिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए।

सफाइमा पूर्व मुख्यसचिव एवं सफाइ अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेललगायत अभियानकर्मीको सक्रियता रहेको सञ्चालक सदस्य माला खरेलले जानकारी दिए।

मुहानदेखिकै वाग्मती सफाइ अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले ३४२ औँ हप्ताको सफाइ गोठाटार पुलमुनिको नदी किनारमा सम्पन्न गरेको छ । भौतिक दूरी कायम गर्दै सफाइ गरेर कुहिने र नकुहिने फोहर वर्गीकरण गरिएको थियो । कुहिने फोहर नदी किनारमै गाडिएको थियो । नकुहिने फोहर भने नगरपालिकाको गाडीले व्यवस्थापन गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले सुनाए। रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका विभिन्न भागमा पनि भौतिक दूरी कायम गर्दै सफाइ अभियान सञ्चालन गरिएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.