लण्डनमा विस्फोट गराउन लागेको आशंकामा एकजना पक्राउ
सांकेतिक तस्वीर
लण्डन (एजेन्सी)। लण्डन प्रहरीले एकजना युवकलाई लण्डनमा विस्फोट गराउन लागेको आशंकामा पक्राउ गरेको छ। इंग्ल्याण्डको प्रतिआतंकवाद प्रहरीले २० वर्षीय युवकलाई विस्फोटक डिभाइससहित पक्राउ गरेको हो।
उनले सो डिभाइसका माध्यमबाट उत्तरी लण्डनमा विस्फोट गराउन पोस्टमाफर्त सो डिभाइस पठाएको प्रहरीले जनाएको छ। उनलाई पूर्वी इंग्ल्याण्डको क्याम्ब्रिजबाट शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीमाथि क्रिमिनल इभिडेन्स कानूनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment