चीनले प्रक्षेपण गरेको भूउपग्रह असफल
बेइजिङ (एजेन्सी)। चीनले शनिबार प्रक्षेपण गरेको रिमोट सेन्सबाट कन्ट्रोल गर्न सकिने भूउपप्रग असफल भएको छ। चीनको उत्तरीपश्चिमस्थित भूउपग्रह केन्द्रबाट प्रक्षेपण गरेको जिलिन–१ जाओफेन०२सी नामको भूउपग्रह अन्तरिक्षमा प्रवेश गरेसँगै असफल भएको चिनियाँ समारचा एजेन्सी सिन्ह्वाले जनाएको छ।
अन्तरिक्षमा पुगेपछि सो भूउपप्रगहले असमान्य संकेत देखाएको जनाइएको छ। अधिकारीहरुले भूउपप्रगह असफल किन र कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment