बाढी प्रभावित बालबालिकालाई पाँच हजार
सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बाढी प्रभावित पाँच वर्षमुनिका ५१ बालबालिकालाई आइतबार राहतस्वरुप पाँच हजार रुपैयाँ वितरण गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीका ५१ बालबालिकालाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा नम्बर १ का वडाध्यक्ष दिनेश्वर मिश्रले राहत हस्तान्तण गरेका हुन्।
युनिसेफको सहयोगमा सञ्चालित विपद्को समयमा सामाजिक संरक्षण कार्यक्रमअन्तर्गत प्रतिबालबालिका पाँच हजार रुपैयाँका दरले वितरण गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए। सो राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष सिंहले राहत रकम घरखर्चमा नभई बालबालिकाको हितमा खर्च गर्न आग्रह गरे।
खाँडो खोलाको बाढीले वर्षेनी बेल्ही गाउँ प्रभावित बन्दै आएको छ । यस्तै महुली, जिता खोला र सप्तकोशी नदीको सिपेजका कारण वडा नम्बर ४ कोइलाडी र वडा नम्बर ५ कोइलाडी बर्साइन प्रभावित बन्दै आएको छ । कोइलाडी र कोइलाडी बर्साइनका बाढी प्रभावितलाई समेत उक्त राहत रकम वितरण गरिने कार्यक्रम अधिकृत झाले जानकारी दिए। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment