भारतका राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित १० हजार भारतीय चीनको निगरानीमा

डिसी नेपाल
२९ भदौ २०७७ ८:४१
20
Shares

काठमाडौं। भारतका राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित १० हजार भारतीयहरु चीनको निगरानीमा छन् । उनीहरुका हरेक क्रियाकलापहरु चीनले निरन्तर नियालिरहेको छ । चीनको निगरानीमा भारतका प्रधानमन्त्री, केन्द्रीय मन्त्री, मुख्य मन्त्री, सेनाका अधिकारी, विपक्षी दलका नेता, ठूला अधिकारी र व्यापारीहरु समेत छन् । द इण्डियन एक्सप्रेसको एक रिपोर्टमा यस्तो खुलासा गरिएको छ ।

रिपोर्टमा दावी गरिएअनुसार चीनको कम्पनी शेनजेनले भारतमा करिब १० हजार जनाको निरन्तर निगरानी गरिरहेको छ । यो कम्पनीको चीन सरकार र चीनको कम्युनिस्ट पार्टीसँग सीधा सम्बन्ध छ । यो कम्पनीले १० हजार भारतीयको जासुसी गरिरहेको छ जसमा प्रधानमन्त्रीदेखि एक मेयरसम्म छन् ।

झेनझुआ डाटा इन्फर्मेसन कम्पनी लिमिटेडको तर्फबाट जो भारतीयहरुको निगरानी भइरहेको छ त्यसमा राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, प्रधानन्यायाधीश, कांग्रेस अध्यक्ष सोनिया गान्धीसहित पूरै गान्धी परिवार, ममता बनर्जी, उद्धव ठाकरे, नवीन पटनायक लगायतका नेता, राजनाथ सिंह, पियुष गोयल लगायत केन्द्रीय मन्त्री, चीफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित सेनाका ठूला अधिकारीहरु छन् ।

अखबारका अनुसार चीनका कम्पनीले यी व्यक्तिहरुको डिजिटल जीवनलाई पूरै पच्छ्याइरहेका छन् । साथमा यी व्यक्तिहरु, उनीहरुका परिवार र समर्थकहरु कसरी काम गर्छन् भन्ने विषयमा पनि निगरानी भइरहेको छ । चीनको कम्पनीले यी सबैको ‘रियल टाइम डाटा’ संकलन गरिरहेको छ र चीन सरकारलाई पठाइरहेको छ । चीनको निगरानीको सूचीमा ठूला नेताहित, खेलाडीहरु, व्यवसायीहरु, पत्रकारहरु र उनीहरुका आफन्तहरु पनि छन् ।

इण्डियन एक्सप्रेसको दावीअनुसार यो पूरै जाँचको लागि शेनझेन इन्फर्मेसन टेक्नोलोजी फर्मले चीन सरकार र कम्युनिस्ट पार्टीसँग मिलेर देशबाहिरको सूचनाको डाटाबेस तयार गरेको छ । यही अनुसार यो मिहनको पूरा काम हुन्छ । कम्पनीले संकलन गरिरहेको यो सूचनालाई चिनियाँ कम्पनहिरुले हाइब्रेड वार नाम दिएका छन् । चीनले सचन तेन्दुलकरसहितका खेलाडी, गौतम अडानी लगायतका व्यवसायी, फिल्म निर्देशन श्याम बेनेगल, सोनल मानसिंह, राधे मां लगायत पनि चीनको निगरानीमा छन् ।

यो सूचीमा अहिलेका प्रधानमन्त्रीबाहेक ५ जना पूर्व प्रधानमन्त्री, २० भन्दा धेरै मुख्यमन्त्री, राजनीतिक दलका प्रमुख र शीष नेताहरु, अहिलेका सेना प्रमुखसहित करिब १ दर्जन सेनाका पूर्व प्रमुख, सांसद, फरक फरक मन्त्रालयमा काम गर्ने अधिकारी मात्र नभइ भारतमा अपराधको रेकर्ड भएका अपराधीहरु समेत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.