मन्त्रिपरिषद् बैठक शुरु, कुलमान र बामदेवबारे के होला?
काठमाडौं। अघिल्लो हप्तादेखि नबसेको मन्त्रिपरिषदको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री प्रेस सल्लाहाकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक साँझ साढे ६ बजेपछि शुरु भएको जानकारी दिएका छन्। उनले यो नियमति बैठक भनेका छन्।
सोमबारको मन्त्रिपरिषद् बैठकमा नेकपा सचिवालयले हालै गरेको निर्णय कार्यान्वयनका लागि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस र विद्युत प्राधिकरणमा प्रमुख कार्यकारी नियुक्तिबारे कुनै निर्णय होला त भन्ने सबैतिर चासो छ। तर, स्रोतका अनुसार मन्त्रीहरुलाई पठाइएको बैठकको एजेण्डामा यी दुई विषय थिएनन्। त्यसैले विद्युत प्राधिकरणमा कुलमान घिसिंगको पुनर्नियुक्ति र गौतमको राष्ट्रिय सभा सदस्यमा सिफारिसको निर्णय हुने सम्भावना भने कम छ। तर, मन्त्रिपरिषदमा ठाडो प्रस्तावका रुपमा पनि निर्णय हुन सक्ने भएकाले यी दुई विषयमा निर्णय हुन सक्ने सम्भावना पनि उत्तिकै छ।
घिसिंगले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी आइतबार नै विद्युत प्राधिकरणबाट विदा लिइसकेका छन्। तर, उनलाई फेरि सोही पदमा नियुक्ति गर्नुपर्ने चर्को आवाज उठेको छ। सोमबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले घिसिंगलाई सरकारले फेरि विद्युत प्राधिकरणको प्रमुख कार्यकारीमा नियुक्ति गर्नेमा आफू आशावादी रहेको भन्दै ट्वीट गरेका थिए।
सामाजिक सञ्जालहरुमा पनि घिसिंगलाई पुनर्निक्ति गर्नुपर्ने आवाज उठिरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment