प्याज किन्न मन्त्री भट्ट ग्राहक बनेर कालीमाटी पुगेपछि…
काठमाडौं। भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य आकाशिएको छ। व्यापारिकले प्याज लुकाएर क्रितिम अभाज सिर्जना गरेका छन्। यसरी हरेक भान्सामा आवश्यक पर्ने प्याजमा ूव्यापारीले कालोबजारी गरेको थाहा पाएपछि बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई एक जुक्ति फुर्यो अवस्था– जान्ने।
उनी बुधबार आफै ग्राहक बनेर काठमाडौंको कालीमाटीस्थित तरकारी बजारमा प्याज किन्न पुगे। सर्वसाधारणको भेसमा मन्त्री स्वयम पुगेर प्याजको मूल्यबारे जानकारी दिए।
अनुगमनका क्रममा मन्त्री भट्टले बुधबार कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुगेको उनका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए। राससका अनुसार ओझाले भने, ‘मन्त्रीसमक्ष विहानै उपभोक्ताले प्याजको मूल्य एक्कासी बढेको गुनासो गर्नुभयो, अनि उहाँ आफै झण्डाविनाको गाडी लिएर तरकारी पसलमा जानुभयो।’
ग्राहक बनेर मन्त्रीले करिव २० केजी प्याज समेत किनेको ओझाले जानकारी दिए। त्यति गर्दा मन्त्रीलाई कसैले नचिनेको उनले बताए। जब मन्त्रीलाई व्यापारीले प्याजको मूल्य सुनाए उनी दंग परे। निकै महंगो मूल्य सुनेपछि मन्त्री भट्टले अन दस्पट कारबाहीका लागि वाणिज्य विभागलाई कारबाही गर्न निर्देशन दिए।
ओझाका अनुसार वाणिज्य विभागले बढी मूल्यमा प्याज विक्री गर्ने पसललाई कारवाहीको प्रक्रिया समेत अगाडि बढाइसकेको छ। आइतबारसम्म फुटकर मूल्य ४० रुपैयाँ प्रतिकेजी रहेको प्याजको मूल्य अहिले १२० रुपैयाँ प्रतिकेजीसम्म पुगेको छ। भारतले सोमबार बेलुकादेखि प्याज निर्यातमा रोक लगाएको छ। कालोबजारी गर्न पल्केका व्यापारीले यो मौकामा प्याज लुकाएर मूल्य बढाएको काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा पनि फेला परेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment