उपत्यकामा जोरबिजोर प्रणाली अर्को निर्णय नभएसम्म यथावत

डिसी नेपाल
३१ भदौ २०७७ २०:३२

काठमाडौं। बिहीबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि काठमाडौं उपत्यकामा भने जोरविजोर प्रणाली हटाइएको छैन। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुधबार एक आदेश जारी गर्दै जोरबिजोर प्रणाली यथावत रहेको भन्दै सोही अनुसारमात्र यातायातका साधन चल्ने जनाएका छन्।

यस्तै जुलस, सभा सम्मेलन, भोजभतेर र भीडभाड हुने कनुै पनि कार्य नगर्न आदेश गरिएको छ। यस्तै मन्दिरमा दैनिक पुजा गर्न छुट भए पनि भीडभाड हुने गरी कुनै कार्यक्रम भने आयोजना नगर्न आदेश गरिएको छ।

यस्तै शैक्षिक संस्थाहरु पनि शुरु गर्न पाइने छैन। आदेश अनुसार सबै प्रकारका बैठक, गोष्ठी, सेमिनार, भोजभतेर डान्स, पार्टी, सांस्कृतिक कार्यक्रम, सिनेमा हल, ब्यूटि पार्लर पनि सञ्चालन गर्न बन्देज गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *