चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ‘भशमल्ले’ गीत सार्वजनिक (भिडियो सहित)
एजेन्सी। आमिर खान र अमिताभ बच्चन अभिनित बलिउड चलचित्र ठग्स अफ हिन्दुस्तानमा रहेको ‘भशमल्ले’ गीत सार्वजनिक भएको छ। गीतमा आमिर र अमिताभ पहिलो पटक सँगै डान्स गरेको दृश्य देख्न सकिन्छ। वशमल्लेको अर्थ दिल खोलेर नाच्नु अनि रमाउनु हो।
केही समयअघि चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर सार्वजनिक भइसकेको छ। फिल्ममा अमिर अमिताभसँगै कट्रिना कैफ र फतिना सना शेख पनि मुख्य भूमिकामा छन्।
फिल्म ८ नोभेम्बर २०१८ मा रिलिज हुनेछ। चलचित्रको कथावस्तु हलिउड फिल्म पाइरेट्स अफ क्यारेबियनमा आधारित भएको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment