ओनसरीका सुरक्षाकर्मीमा कोरोना भएपछि उर्जामन्त्री पुन होम आइसोलेशनमा
फाइल
काठमाडौं। पूर्व सभामुख ओनसरी घर्तीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री वर्षमान पुन आइसोलेशनमा बसेका छन्।
मन्त्री पुनसहित पूर्व सभामुख र परिवारका सदस्य तथा सुरक्षाकर्मीहरुको स्वाब परीक्षण गर्दा पूर्व सभामुख घर्तीको सुरक्षामा खटिने सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो।
मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार शुक्रबारबाट मन्त्री पुन, पूर्व सभामुख ओनसरी घर्तीसहित परिवार नै मन्त्री निवासमै आइसोलेसनमा रहेका छन्। प्रेस संयोजक भट्टका अनुसार पाँच दिनसम्म परिवारका सबै सदस्यहरु मन्त्री निवासमै आइसोलेशनमा बस्ने भएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment