ट्रम्पले राष्ट्रपति भण्डारीलाई पठाए शुभकामना सन्देश
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संविधान दिवसका अवसरमा शुभकामना सन्देश पठाएका छन्। ट्रम्पले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले संविधान दिवसका अवससरमा विदेशी राष्ट्र तथा सरकार प्रमुखबाट शुभकामना सन्देश आउनेक्रम जारी रहेको जनाएको छ।
असोज तीन गते नेपालमा छैटौं संविधान दिवस मनाइएको छ। संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment