आफ्नो बिहेको कार्डमा युवतीले लेखिन्–‘जसले धेरै नगद उपहार दिन्छ उसलाई राम्रो खाना !’

डिसी नेपाल
५ असोज २०७७ १०:४१

काठमाडौं। सामाजिक संजालमा एक युवतीको बिहेको कार्ड भाइरल भइरहेको छ । यी युवतीले आफ्नो बिहेमा आउने पाहुनालाई दिइने खानाको मेनु ती पाहुनाले दिने नगद उपहारको आधारमा तय गरेकी छिन् । सामाजिक संजाल रेडिटमा नाम नखुलाइएकी युपतीको बिहेको कार्य भाइरल भएपछि युजरहरुले यसको आलोचना गरेका छन् । युवतीले कार्डमा पाहुनाहरुलाई उपहारको ४ किसिममध्ये एक रोज्न भनेकी छिन् । कार्डमै उनले कुन स्तरको उपहार दिनेले खानामा के पाउने भन्ने पनि उल्लेख गरेकी छिन् ।

डेलीमेलको रिपोर्टअनुसार ती युवतीले उपहारको सबैभन्दा तल्लो स्तरमा २५० डलरसम्मको उपहार तोकेकी छिन् । यो उपहार दिनेले चिकेन रोस्ट वा माछा पाउने बताइएको छ । सामाजिक संजालमा यी युवतीको निकै आलोचना भएपछि उनले यो केवल मजाकको लागि गरिएको दावी गरेकी छिन् । तर विवाहसम्बन्धी वेबसाइट जर्सी ब्राइडका अनुसार जुन पाहुनाहरुलाई यो कार्ड पठाइयो उनीहरु यो बुझ्न चुके कि यो केवल मजाकका लागि थियो । त्यसपछि यो कार्ड सामाजिक संजालमा पोस्ट गरियो ।

कार्यका अनुसार सबैभन्दा महंगो उपहारको स्तर एक हजार उक डरदेखि २५०० डलरभन्दा माथिसम्मको छ । यो उपहार दिने पाहुनाले जुनसुकै मेनुको खाना रोज्न पाउँथे । साथमा उनीहरुले श्याम्पेन पनि पाउँथे । शाकाहारीको लागि पनि प्लेटिनम गिफ्ट अनिवार्य बताइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *