देशको रक्षा गर्न सक्षम छौँ : इरानी सर्वोच्च नेता

डिसी नेपाल
५ असोज २०७७ २२:५३

तेहरान। इरान आफ्नो राष्ट्रको रक्षा गर्न सक्षम रहेको विगतको इराकसँगको युद्धले पुष्टि गरिसकेको इरानले बताएको छ ।

आफ्नो राष्ट्रको रक्षा गर्न र नागरिकलाई सुरक्षा प्रदान गर्न सक्षम रहेकोसर्वोच्च नेता अयातुल्ला अली खामेनीले सोमबार बताएका छन्। उनले सन् १९८० देखि १९८८ सम्म इराकसँग एक्लै लडेर आफ्नो मुलुकको सार्वभौमसत्ताको रक्षा गरेको दावी गरेका छन्।

उनले भने, “आठ वर्ष ‘उनीहरू’ले सकेजति सबै कोशिस गरे अझै केही पनि हासिल गर्न सकेनन् । के इरानको लागि यो ठूलो विजय हो ?”

इरान–इराक युद्धको वर्षगाँठ मनाउन ‘होली डिफेन्स’ हप्ताको सुरूमा देशभरका शीर्ष सैन्य कमाण्डरहरू र युद्धका दिग्गजहरूलाई टेलिभिजनद्वारा गरिएको भिडियो सन्देशमा खामेनीकोे यी भनाइ आएका हुन् । “‘होली डिफेन्स’ले इरानप्रति आक्रामक हुनु धेरै महँगो हुनेछ,” उनले भने।

“जब कुनै राष्ट्रले आफ्नो रक्षा गर्ने शक्ति र दृढ सङ्कल्प देखाउँछ, यसले आक्रमणकारीलाई आक्रमण गर्नु अघि दुई पटक सोच्न बाध्य पार्छ,” खामेनीले भने।

इरान विरुद्ध अमेरिकाले एकलरूपमा नाकाबन्दीको घोषणा गरेको दावी गर्दै उहाँले भन्नुभयो, “यदि कोही बुद्धिमानीपूर्वक कार्य गर्न चाहन्छ भने उसको इरानसँगको युद्ध आफ्नो फाइदाको लागि हुनेछैन । यो धेरै खर्चिलो भएको महसुस हुनेछ ।”

इराकी शासक सद्दाम हुसेनले इरानमा इस्लामिक क्रान्तिको डेढ वर्षपछि आक्रमण गरेको स्मरण गर्दै उक्त युद्ध पनि इराक एक्लैले नलडेको दावी इरानी सर्वोच्च नेता खामेनीले दावी गरे। इरान–इराक युद्ध संयुक्त राष्ट्र सङ्घीय युद्धविरामबाट अन्त्य भएको थियो ।

खमानीले उक्त द्वन्द्वले इरानको क्रान्तिलाई पहिलेभन्दा ‘धेरै बलियो’ बनाएको समेत दावी गरे। इरान र संयुक्त राज्य अमेरिका सन् २०१९ पछि दुई प्रत्यक्ष भिडन्तको नजिक पुगेर पनि संगठित युद्ध भने टरेको छ । (रासस/एएफपी)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *