चीनले जारी गर्यो अमेरिकी सैन्य अड्डामा आक्रमणको नक्कली भिडियो

डिसी नेपाल
६ असोज २०७७ १३:०१

काठमाडौं। अमेरिकासँग तनावका बीच चीनको वायुसेनाले प्रशान्त महासागरमा गुआम द्विपमा आक्रमणको नक्कली भिडियो जारी गरेको छ । यसमा चिनियाँ सेनाले आफ्नो एच–६ परमाणु बमवर्षक विमानको प्रयोग गरेको छ । यो भिडियोमा बमवर्षक विमानले बम खसाइरहेको देखिएको छ । पिपुल्स लिबरेशन आर्मीको भिभो अकाउण्टमा शनिबार यो भिडियो राखिएको थियो । अमेरिकाका एक शीर्ष अधिकारीको ताइवान यात्रालगत्तै यो भिडियो सार्वजनिक गरिएको हो ।

गुआम अमेरिकाको ठूलो सैन्य अड्डा हो जहाँ एयरबेस पनि छ । हिन्द प्रशान्त क्षेत्रमा कुनै संघर्षको अवस्थामा यो अमेरिकी सैन्य अड्डा अहम साबित हुन सक्छ । चिनियाँ वायुसेनाको २ मिनेट १५ सेकेण्डको यो भिडियो कुनै हलिउड फिल्मको ट्रेलरजस्तो देखिन्छ । चीनको विमान कुनै मरुभूमिबाट उड्छ । पाइलटले आकाशमा एउटा टन दबाउँछन् र एउटा मिसाइल समुद्र किनारको एक रनवेमा खस्छ । मिसाइल रनवेमा ठोक्किनासाथ एक उपग्रह चित्र देखिन्छ । यो स्थान गुआकस्थित सैन्य अड्डाजस्तै देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *