गर्भको बच्चा छोरा कि छोरी थाहा पाउन भन्दै श्रीमतीको पेट हँसियाले चिरिदिएपछि …

डिसी नेपाल
६ असोज २०७७ १३:३२
4
Shares

काठमाडौं। भारतको उत्तर प्रदेशमा एक व्यक्तिले आफ्नी श्रीमतीको पेटभित्र रहेको बच्चा छोरा हो वा छोरी भन्ने थाहा पाउन भन्दै श्रीमतीको पेट हँसियाले चिरिदिएको अभियोगमा पक्राउ परेका छन् । पुलिस र पीडित महिलाका आफन्तका अनुसार ती व्यक्तिले शनिबार श्रीमतीको पेट चिरिदिएका थिए जसका कारण शिशुको मृत्यु भएको छ भने महिला गम्भीर अवस्थामा दिल्लीको एक अस्पतालको आइसीयूमा छिन् ।

सीएनएनका अनुसार घटना भारतको उत्तर प्रदेशको बदायुँ जिल्लाको हो । पीडित महिलाका भाइ गोलु सिंहका अनुसार उनले श्रीमतीको पेटमा हँसियाले आक्रमण गरी चिरेका थिए । उनीहरुका पहिल्यै ५ छोरी छन् । पुलिसका अनुसार शिशुलाई आइतबार अपरान्ह निकालिएको छ र आक्रमण गर्ने पतिलाई हिरासतमा राखिएको छ । भारतमा छोरी भन्दा छोरालाई प्राथमिकता दिने प्रचलन व्यापक छ । यहाँ लैंगिक विभेदको एउटा मुख्य कारण छोरीलाई बिहे गर्दा दाइजो दिनुपर्ने प्रचलन पनि हो जसले छोरीको परिवारलाई आर्थिक बोझ थोपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.