साउदीको अस्पतालमा ठेगाना नखुलेका नेपाली अलपत्र
काठमाडौं। वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक नेपाली युवा विरामी भएर अस्पतालमा अलपत्र परेका छन्। रियादस्थित नेपाली दूतावासले मंगलबार उनको तस्वीर र नाम जारी गर्दै उनको नेपालको ठेगना खुल्न नसकेको जनाएको छ।
दूतावासले प्रकाश गुरुङ नाम गरेका नेपाली साउदीको थोडक अस्पतालमा रहेको र उनको नेपालको ठेगना तथा आफन्तबारे केही खुल्न नसकेको जनाएको छ। दूतावासले उनको तस्वीर सार्वजनिक गर्दै उनलाई चिन्नेहरुलाई सहयोग गर्न अपीलसमेत गरेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment