‘म यस्तो गीत गाउँछु’ गीत युट्युवमा रिलिज (फिल्म सहित)
काठमाडौँ । गत वर्षकै सुपरहिट फिल्म म यस्तो गीत गाउँछु युट्युबमा रिलिज भएको छ। रिलिजको १५ महिनापछि दर्शकले अत्यन्त रुचाइएको र प्रतिक्षा गरेको यस फिल्मलाई युट्युबमा रिलिज गरिएको छ।
सुरुवातमा विदेशमा रहेकी नेपालीहरूले मात्र हेर्न मिल्ने बनाइएको फिल्मको भिडियो दशैँको अवसरमा नेपालमा पनि हेर्न मिल्ने गरी रिलिज गरिएको हो। बक्सअफिसमा पनि राम्रो दाम कमाएको यस फिल्मलाई दर्शकहरूले अत्याधिक रुचाएका थिए। फिल्मको गीतहरू र पल पुजाको जोडीलाई दर्शकले खुबै मन पराए।
सुर्दशन थापाले निर्देशन गरेको यस फिल्मको सिक्वेलको पनि घोषणा गरिएको थियो तर त्यो बन्ने नबन्ने कुनै टुङगो छै। फिल्म रिलिजलगत्तै पलसँग निर्माण टिम र पुजाको सम्बन्धमा चित्तता आएपछि अब यो जोडी सायदै पर्दामा देखिएलान् भन्ने चर्चा थियो तर यतिबेला सिनेबृतमा पुजा र पलले नयाँ फिल्ममा काम गर्न लागेको चर्चा चलेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment