अब करण जौहर पनि लागुऔषध मुद्दामा तानिदै
नयाँ दिल्ली (एजेन्सी)। बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमा लागुऔषध मामिला जोडिएसँगै बलिउडमा लागुऔषधको भित्री कथा बाहिरिन थालेका छन्। बलिउडका हस्तीहरु लागुऔषध मुद्दामा तानिरहेका बेला चर्चित फिल्म निर्माता तथा निर्देशक करण जौहर पनि भारतीय लागुऔषध विभागको निगरानीमा परेका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार गत वर्ष करण जौहरले आयोजना गरेको एक पार्टीमा कोकिनको प्रयोग भएको विभागको आशंका छन्। विभागले यो विषयमा थप अनुसन्धान गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
राजपुतकी पूर्व प्रमिका रिया लागुऔषध मुद्दामा तानिएपछि लागुऔषध विभागले अनुसन्धान शुरु गरेपछि दीपिका पादुकोणदेखि श्रद्धा कपूरसम्मको नाम यस मामिलामा जोडिएको छ। उनीहरुसँग विभागले बयान पनि लिइसकेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment