‘टन्सिलले बिगारेको मुटु’ सार्वजनिक

डिसी नेपाल
१३ असोज २०७७ २३:०९

काठमाडौँ । विश्व मुटु दिवसका अवसरमा आज ‘टन्सिलले बिगारेको मुटु’ कृति सार्वजनिक गरिएको छ । कृतिमा समाजका अपहेलित र छायामा परेका विपन्न वर्गका बालबालिकाको मुद्दालाई उठाउने प्रयास गरेका छन् ।

बाथ–मुटु रोगीका विक्षलाई रसिलो र सरल भाषामा उनले प्रस्तुत गरेका छन् । नेपाल हृदय रोग निवारण प्रतिष्ठानबाट प्रकाशित र डा प्रकाशराज रेग्मीद्वारा लिखित उक्त पुस्तकको शताब्दी पुरूष सत्यमोहन जोशीले मंगलबार सार्वजनिक गर्दै पुस्तकमा रहेका कुराले मानिसलाई मुटु स्वस्थ राख्न सिकाउने बताए। यसमा नेपाली समाजको चित्रण गर्दै मुटु रोगीको वेदनाका साथ सङ्घर्षको कथासमेत समेटिएको उनले बताए।

नेपालमा वर्षेनी एक हजार बालबालिकाको मृत्यु हुनाका साथै वार्षिक आठ सय जनाको मुटुको भल्भ फेर्ने जस्तो महंँगो र जटिल शल्यक्रिया हुने गरेको छ । पुस्तकमा सामान्य जस्तो देखिने टन्सिलले कसरी मुटुलाई क्षतिग्रस्त पार्छ र भयङ्कर रूप धारण गर्न पुग्छ, अनि यसबाट कसरी बच्न सविश्व स्वास्थ्य सङ्गठनका अनुसार वर्षेनी विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सख्या दुई करोड ७५ लाख छ । नेपालमा ७५ लाख मुटुरोगी रहेको अनुमान छ ।

रोगबारे जनचेतना जगाउन सके वर्षेनी हजारौँ बालबालिकाको ज्यान बचाउन सकिने र हजारौंँ युवालाई अशक्त जीवनबाट सक्रिय जीवनमा फर्काउन सकिने डा रेग्मी बताउछन् । राससकिन्छ भन्नेबारे सबैलाई बुझाउने प्रयास गरिएको लेखक डा रेग्मीले जानकारी दिए ।

केटाकेटी उमेरमा घाँटी सबैको दुख्छ, टन्सिल सबैको बढ्छ । नुनपानी र बेसार पानी पिएर धेरैले यसको उपचार गर्छन् । यही गलत घरेलु उपचारशैलीका कारण आज लाखौंँ बालबालिका बाथ–मुटुरोग जस्तो भयङ्कर समस्याबाट पीडित हुन पुगेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *