मानवअधिकारवादी संस्थामाथि नै मोदी सरकारको उत्पीडन, भारतमा एम्नेष्टीको काम बन्द
काठमाडौं। मानवअधिकारको पक्षमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था एम्नेष्टी इन्टरनेशनलमाथि नै भारतको नरेन्द्र मोदी सरकारले उत्पीडन गरेको आरोप लागेको छ । अल जजीराका अनुसार मोदी सरकारले आफूलाई निरन्तर दुःख दिइरहेको र उत्पीडन गरेको भन्दै एम्नेष्टीले भारतमा आफ्ना सबै गतिविधिहरु बन्द गर्ने घोषणा गरेको छ । एम्नेष्टीका अनुसार पछिल्लो समय उसको भारत शाखाको बैंक खाता समेत भारत सरकारले फ्रिज गरिदिएको छ जसका कारण संस्था आफ्ना सबै गतिविधिहरु रोक्न बाध्य भएको छ ।
एम्नेष्टीले भारत सरकारमाथि झुटो आरोप लगाएर विभिन्न दुःख दिइरहेको पनि आरोप लगाएको छ । संस्थाका अनुसार भारतले विगत २ वर्षदेखि संस्थामाथि आर्थिक अनियमितताको आरोप लगाउँदै आएको छ जुन आधारहीन छ । एम्नेष्टीका अनुसार उसको बैंक खाता सेप्टेम्बर १० मा फ्रिज गरिएको हो । ‘विगत २ वर्षदेखि एम्नेष्टी इन्टरनेशनल इण्डियामाथिको निरन्तर प्रहार र बैंक खाता पूर्ण रुपमा फ्रिज हुनु झुक्किएर भएको होइन’ एम्नेष्टी इनटरनेशनल इण्डियाका कार्यकारी निर्देशक अविनाश कुमारले एक वक्तव्यमा भनेका छन् ।







डिसी नेपाल








Facebook Comment