डिज्नी थिम पार्कले २८ हजार कर्मचारी निकाल्ने
काठमाडौं। अमेरिकाको डिज्नी थिम पार्कले आफ्ना २८ हजार कर्मचारी निकाल्ने भएको छ । डिज्नीले मंगलबार यसको घोषणा गरेको सीएनएनले जनाएको छ । कोरोना महामारीका कारण थिम पार्क बन्द हुन पुगेको अवस्थामा अब डिज्नीले अमेरिकाका अधिकांश थिम पार्कका कर्मचारी कटौती गर्ने बताएको हो । डिज्नीका अध्यक्ष जोश डी अमारोले स्टाफ निकाल्ने निर्णय दुःखद भए पनि महामारीका कारण नराम्ररी प्रभावित व्यवसाय, न्यूनतम सामाजिक दूरीको बाध्यताका बीच सकेसम्म कम स्टाफबाट काम चलाउनुपर्ने स्थिति आएकोले अहिले यो एकमात्र विकल्प भएको बताए ।
कम्पनीका अनुसार उसले २८ हजार कर्मचारी कटौती गर्दैछ । यो संख्या उसको कूल कर्मचारी संख्याको करिब १ चौथाइ हो । महामारीअघि क्यालिफोर्निया र फ्लोरिडाका थीम पार्कमा मात्र १ लाख १० हजार कर्मचारी कार्यरत थिए । नयाँ घोषणाअनुसार कर्मचारी कटौतीपछि अब करिब ८२ हवार कर्मचारी बाँकी रहनेछन् । डिज्नीका सिइओ अमारोले अहिलेको अवस्थामा सबै कर्मचारी राखेर काम लगाउन असम्भव भएको बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment